बुभ्दछन् र रस लिन जान्दछन् । तर तिनमा सूक्ष्म सूचना भएको दीर्घविस्तारक कल्पना हँदैन बरु केटाकेटीहरूमा आनन्दको मात्रा बढ्ता
हुन्छ । किनकि चित्रात्मक शक्तिहरू र आत्मसूचनाहरू ताजा, रसिला र
आत्मविस्तारक हुन्छन् । उनीहरू दर्शनढुङ्गासँग कुरा गर्दछन् र जाईको फूललाई कथा हालिदिन्छन्, हलुवाबेद खाँदाखाँदै उनीहरू सुनकेस्री रानीको बगैँचामा पुग्दछन् । प्रौढ पुरुषका विभिन्न सौखहरूबाट वञ्चित गराइए तापनि प्रकृति माताले शैशवलाई त्यो जादू दिएको छ जसले खेतका 'झारहरूमा विशाल जञ्जाल देख्तछ, चन्द्रमामा देवता र तकियामा पहाड र जसलाई एक कोइलीको आवाजमा अविदितको आह्वान छ । 'हे आनन्दी चरा ! जुन पृथिवीमा हामीहरू टेख्तछौं,
फेरि यस्तो भएफैं विदित हुन्छ-
एउटा स्वप्निल परीप्रदेश
जो तेरो निमित्त उचित निवास छ !!' तर प्रौढ हिसाब गर्ने मगजलाई न त यस दुनियाँमा सपना छ,
न जादू, यो दुनियाँ उनका निमित्त सधैं खौँदिलो छ, यो जीवन सधैं जोड्नु
र घटाउनुमा
ल्याउन सकिन्छ,
उनीहरू
संसारका सब
समस्याहरू
गणितसूतद्वारा हल गर्न खोज्दछन्, उनका आनन्दहरू इन्द्रियका मोटामोटी
तुप्तिमा रहन्छन्, उनीहरूलाई त्यो रहस्यको भावना छैन, जसले संसार छाउँछ । उनीहरूको आत्मामा संसारको ज्यादा अत्याचार हुन्छ । रोटीभन्दा रसिलो क्रा केही देख्तैनन् । उनीहरू कल्पनाको प्रशस्तता देखाउनेलाई
या त केटाकेटी या त छटाएको भन्दछन्, उनीहरूलाई इन्द्राणीमका रङ्गमा दौलत छैन, न त पहाडको पल्लापट्टि मोहनी छ । उनीहरू जीवनलाई
ढुङ्गाजस्तो देख्तछन्, दृश्यहरूको सूक्ष्म संदेश र प्रकृतिका साना भौम शाब्दहरू उनका पकडमा आउँदैनन् । उनीहरू पक्रिने गल्तीनेर छामिने
कुराहरूमा व्यस्त हुन्छन् । न त उनीहरू ताशको राजारानीको मुलुकमा पस्न सक्तछन्, न त उनका
अन्धा आँखाहरू त्यो भाग्ने देशको द्वार
फेला पार्दछन्, जहाँ जीवनबाट फ्त्केर हामी भगुवा केटाकेटीहरू आराम
लिन र लहड गर्न चाहन्छौं । यी साधारण कक्षाका संसारस्वाँगे मानिसहरू या त फुम्रा इज्जत र रवाफका जुँगाबटारीमा जीवनको सफलता देख्छन्, या त टकसारका खबटा बढुल्नामा : यस्ताका निमित्त संयमको
द्वार खुल्दैन, यिनलाई दौलत भनेको सन्दूकको भारी छ, प्रकृति भनेको
११२/लक्ष्मी निबन्ध-संग्रह