Jump to content

Page:Luni.pdf/32

From Nepali Proofreaders
Revision as of 11:12, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} बजी जिन्जी पुछ्छे कोसको फुलफल नीर । दोटै साथमा जान्छन्‌ केलिन्दीको तीर ॥ {{pcn|(९)}} बनाई माला राम्रो सेर्पा चाङना हाम्रो प॒जा गर्थ्यो फूल ! सच्चा आँसु कूल्काई द...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(८)
बजी जिन्जी पुछ्छे
कोसको फुलफल नीर ।
दोटै साथमा जान्छन्‌
केलिन्दीको तीर ॥

(९)
बनाई माला राम्रो
सेर्पा चाङना हाम्रो
प॒जा गर्थ्यो फूल !
सच्चा आँसु कूल्काई
दिलको फुटी मूल ।
रुन्थ्यो बर्बर कहिले
कँपाइ कंपाइ ओठ
जहाँ फुल्यो म्याम्म
कैबखडाको बोट ।

(१०)
भक्ति देखी सुन्दर
घारी लुकेर ।
रानी लनी, जिन्जी
हेर्छन्‌ छिपेर ।

(११)
खुक्रीको टुप्पो
फलले सिँगारी
पूजा गर्थ्यो चाङना
आँखा जल भारी !

% आलुबखडा ।