Jump to content

Page:Luni.pdf/13

From Nepali Proofreaders
Revision as of 17:33, 1 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} रानीवनमा फुल्ने गुलाफ हँसिली । वसन्तकी सरी जस्ती रसिली ॥ साँर्की बहिनी जस्ती हिमाल दरबारमा । फूल फुलेकी जस्ती मानिस घरबारमा ॥ {{pcn|(४)}} हरिन हलुका पयर हरा वनक...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(३)
रानीवनमा फुल्ने
गुलाफ हँसिली ।
वसन्तकी सरी
जस्ती रसिली ॥
साँर्की बहिनी जस्ती
हिमाल दरबारमा ।
फूल फुलेकी जस्ती मानिस घरबारमा ॥

(४)
हरिन हलुका पयर
हरा वनको माझ ।
फूल-थुङ्गो शरीर
सिर्जनाकी ताज ।

(५)
चम्पा सुन्दर गाला
गुलाफ लालीमा ।
वन बैँसे पालुवा
चरा तालीमा ।
सुगन्धकी रङ्ग
बैँसकी डालीमा ।

(६)
दन्त लहर उनका
मोती मल्कन्छन्‌ ।
पालुवाका रङ्गका
ओठ टल्कन्छन्‌ ।