Jump to content

Page:Shakuntala.pdf/203

From Nepali Proofreaders
This page has not been proofread

जसै शारमले गरी कमलपात च्यातुँसरि ।
बनिन्‌ मृदु गाकन्तला त्वरित चारु सर्छिन्‌ अघि ॥
झपक्कसित छोप्दछिन्‌ कमलपात खोतीकन ।
दुवै नजर छोप्दछिन्‌ तब शकन्तला शोभन ॥
(१६६)

पढीकन सुनाउँछिन्‌ मृदु रहस्यको लालिमा ।
'म जो भनिछ दुःखिनी निठुर हुन्छ सोही जन ॥
शिकार दिलको गरी विरहमा डुबाई गए ।
दुखी दिल व-सन्त झै नृप प्रसूनको भज्दछ ॥'
(१६७)

"बुझे कति चलाक यी नृपति हेर दुष्यन्तको ।
सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन्‌ ॥""
भनीकन प्रियम्वदा "बुझ न छान्नको खात्री ।
अहो भन शाकुन्तले ! मदनले छ चोखी परी ॥"
(१६८)

अहो गजन भाग्य हो हुदयबीच राजा हनु ।
त्रिलोकपति ताज झै यति कुरा सुनी पाउँछु ॥
भनी, नृपति भन्दछन्‌ मनमनै लुकेका त्यहाँ ।
यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥
(१६९)

चखेवा जोडी झैं हरित सरिताका पुलिनमा ।
अलग्गै बस्थे ती गह विरहका पार्न रह झै ॥
दिनेशै आए झै अवनि-पतिको आगमनमा ।
मिले आँखाद्वारा दिल दिल दुवै गद्गद ननी ॥
(१७०)

चकितलोचनी मृदु शाकन्तला ।
'खल रहेछ यो सकलको' भनी ॥
शारमको गरी भाग्नको मन ।
हुन गई अडिन्‌ प्यूँन दर्शन ॥
(१७१)