यति भनी हिँडे सन सखीहरू ।
तब शकुन्तला हुन गइन् त्यहाँ ॥
नृपतिसामुमा "अब म के गरूँ ।'
यस छिनै भरी पालुवाहरू ॥
कर सरी गरी भन्दथ्यो तरु ।
(१७८)
नजर भूपका भैद्न लज्जिता ।
पयर हेर्दछिन् प्रेमसाथ ती ॥
कसुम लौन नी अब कसो गर्छ ।
तुल्य भावले कर्किईकन ॥ :
(१७९)
"आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक ।
पृथ्वीमा छ कि स्वर्गमा छ भनियौ केही नमानी धक ॥
दन्द्रैलाइ जितेर स्वर्ग सब नै यी पाउ राखीकन ।
'तिम्रो दास' म भक्न पाउँछु कतै हे विश्व जित्ने धन ॥
(१८७०)
सातै सागर वा डुबेर गहिरा ल्याउ र रत्नादिक ?
ल्याकँ एक विमान वा गगनमा गर्ने विहारै भए ?
पाउँ चट्ट खुशी मुहारसित क्यै आज्ञा नमानी धक ।
खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥"
(१८१)
बन्दी चारु गुलाफ झै वदनमा या खुर्र भागूँ बसुँ ।
लालीलाइ लुकाउने मन गरी नालित्यलै फर्किदी ॥
टिप्छिन् फूटा र च्यात्तछिन् कुटुकटू मानो 'त्यसोरी दिल ।
मेरो बिन्छ वियोग दुष्ट करले' भन्ने नुझाएपरि ॥
(१८२)
जति प्रश्न गत्यो उति कष्ट हुने ।
मन बोल्न भए पनि झन् नहुने ॥
दगुर्छे दगुछै र बसूँ दुइटा ।
मृदु भाव मिलीकन ती रहँदी ॥
Page:Shakuntala.pdf/205
Appearance
This page has not been proofread
