Jump to content

Page:Shakuntala.pdf/198

From Nepali Proofreaders
This page has not been proofread

निभझी मदननाण नै अति कशाङ्चिनी मूक छन्‌ ।
तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन्‌ ॥
वसन्त वन रोग यो कसुमबाट हो उज्जिने ।
कनै हृदय मूक भै युवति मृत्यु झै वैलिने ॥
(१३६)

बताउन शकन्तले ! न त वसन्त उन्मादले ।
गनेर पगली तिमी अति तरङ्ग काटीकन ॥
सधैभर रुने भई हृदयको विदीर्णा बनी ।
सुरुगणसरि बन्दछयौ सब पला दुखी झै ननी ॥
(१२७)

न खान छ मिठास नै न पिउने पनि स्वाद छ ।
कुराहरु नसम्भिने हुदय झन्‌ उदासै हुने ॥
तरङ्ग बहलाउने प्रति निमेष रू रू हुने ।
गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥
नसी विजन ठाउँमा अधिक घोरिउँ झै हने ।
(१३८)

समीरण जलाउनेसट चसक्क जस्तो हने ।
घुँ घुँक्कसित रू हने अनि गला पुगी रोकिने ॥
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा ।
वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !"
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन्‌ 'यस्तरी' ।
"प्रकाशा हुनु औषधि प्रकृत बोलि यौ सुस्तरी ॥
(१३५)

जवाकसुम चर्किई गरम बोक्रि प्यारी सखी ।
हवा भरी हृदयलाई गर्माउँछ ॥
'उह्‌ उह' गरी गरी शार विदीर्ण क कोइली ।
(१४०)

नबोल अब चारु है यति चिरिक्क चर्को गरी ।
करा नमरले त्यसै शरम हुन्छ है शीतल ॥
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला ।
नजीक रहनै भए अति खुलस्त शिक्षा किन ?
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ?
छिटा नजर देख्दछन्‌ किन बसेर खोगस्याउनु ?
(१४१)