तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ ।
त्यसै शरमले लुकी प्रकृतिबाट बाञ्जची बनी ॥
सुदक्क भन कानमा वचन लौ, नसुन्ने गरी ।
उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥"
भनीकन झुकी अधरनेर ती सुन्दर ।
मिली चपत हातका मृदु कपोलमा पन्सिडन् ॥
(१२०)
"दुख्यो निढुर हातले दिल कपोल मेरो त्यसै !
रिसैसित बसिन् यिनी हृदय नै छिपाई त्यसै ॥
बताउन प्रियम्वदा, अब कसो गर्द ? के गर्छे ?.
बडी कपटकी यिनी दुख हटोस् कसोरी मै ?"
(१२१)
लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ ।
राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥
"को होला म त हैन क्यार ? कसरी हे म पर्दा झिकी ।"
जिज्ञासासित सोद्धछन् नुपतिले आँखा तिखारी अति ॥
(१२२)
(शालिनी)
"राम्रो जाने बात निस्कन्छ प्याते ।
हेरीरौली दिन्छु चाँडै उतारी ॥"
भन्दै साना शब्दमा चारुसाथ ।
गर्छिन् मीदी बातकी मिष्ट बात ॥
(१३२)
"वसन्त अलि मारको नव प्रसादको तापले ।
सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥
ननबील्न सकिने कुरा हृदयमा बसी भस्भस ।
जलेर रंगका शिखाहरु जले दिशामा दश ॥
(१२४)
बताउन सखी तिमी कन तरङ्गको कारण ?
सुदीर्घ किन बन्दछन् नजरतेज वैलेसरि ॥
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने ।
अरूसँग ननीलूँ झै हृदय दुःखले नै छुने ॥
(१२५)
Page:Shakuntala.pdf/197
Appearance
This page has not been proofread
