सकुन्तल शकुन्तकी छ महिमा फुली सुन्तला ।
छ मग्मग सुवासले क्रतु वसन्तकी कड्मल ॥
बराबर छ बर्नरी पवनमा फुलेको रज ।
जमीनकन छिरबिरे अलि गराउँदै फेदमा ॥
सुवर्ण पिपिरे फुली अब फुली वसन्ती सर ।
विहङ्ग वन-बालिका छिरबिरै पँखेटा बनी ॥
छिरेर मृदु पत्रमा किरण छानिई आउँछ ।
उडी कुसुम पुत्तली मधुर न्यानु भोग्छे जहाँ ॥
गरी भ्रमर भुन्भुनी अमृत माग्दछन् पुष्पका ।
जहाँ अधर मुस्किए अलि गरेर गानै त्यहाँ ॥
(११०)
बनेर नव सिर्जना विपिनका परीको घर ।
तथा वनसमान त्यो स्रभिकेन्द्र क्या सुन्दर ॥
किनारकन पृष्पको मृदु सिँगारले छाउने ।
थियो मधुर चित्र झै कवि सुनी फुली आउने ॥
(११)
त्यहाँ मधुर शब्दले युवतिका यसो छेकिई ।
बसे नृपति भझाँगको सरस आडमा तर्किई ॥
थिए हरित घाँसमा वदन छिर्बिरे पत्रले ।
सुचारु नवयौवनीहरु जहाँ बसेका सुखी ॥
(११२)
चियाउन सुखी ननी हरित झाँग ठूलो मनि ।
त्यहाँ नृपति देख्दछन् विपिन-वल्लरी कामिनी ॥
लिई ढलक बैंसको मधुरता खुलेको ढँग ।
कलासरि सजीव ती मधुर कञ्जका भूषण ॥
(११२)
सुरेख मृदु अङ्गका मदन-मोहिनी ढङ्गका ।
प्रियासरि कुरङ्गका, मृदुल केशका आढ्यता ॥
नितम्बतक भर्छ जो सरस-रेशामी रङ्गले ।
कपौल मृदु पुष्पको सरसता खुलाईकन ॥
(११४)
Page:Shakuntala.pdf/193
Appearance
This page has not been proofread
