Jump to content

Page:Shakuntala.pdf/187

From Nepali Proofreaders
This page has not been proofread

१८१रन्केकी अलि मारको ज्वर चढी फुल्दी नता बैंसकी ।
क्या मीठी मृद््‌ कज्जला कति भला क्या पूर्ण पार्ने गला ॥
तारा चारु दुना तिमी भर खुला पाउँ कहाँ कोपिला ?"
भन्दै रुन्छ र भू मुस्मुस गरी हाँसेर सुन्छन्‌ करा ॥
"दा हाँडी किन " भनी हँदै निक्कै हँसायो बरा ।
(७८)

"हा ! हाँडी कसरी म पाउँ नि हरे ! सारै वियोगी बनेँ ।
नुभ्दैनन्‌ अरु हाँस्दछन्‌ शिव हरे ! टाढा तिमी बन्दछथयौ ॥
झन्‌ झन्‌ झल्किन जान्छ गाजल अहा ! यो माधुरीरी श्यामल ।
सदै रै लाग्छ अनन्त ! हन्त कसरी मैले सहुँ यी पल ॥"
हुँ मँदो बडो त्यो बूढो बनाई करा ।
हसिम मिचाउँदै 04 बन्यौं त्यो हँदै ॥
(७९)

"धन्दा छैन मिलाइदिन्छु सहजै गाला रँगाईकन ।
गाला जोर्न लगाउनेछु दिलकी त्यस्ती उज्यालीसँग ॥
तिम्रो सर्व सिँगारले उनसँगै जोडी मिलाईकन ।
यो सारा वन वा सबै सहर नै सूँला घुमाई वरी ॥"
(८०)

यस्तो सुन्छ जवाफ कान दुइमा लाई दुवै अड्गुली ।
"भो भो गर्दिनँ नी म गर्दिनँ बिहा भो जाग्न सासूकहाँ ॥
जो प्रेमी म छु भन्छ त्यै पुरुषको होस्‌ त्यो बिहा जङ्गली ।
हा ! हाँडी" तब भन्छ "क्या नृपतिको आँखा छकायौ फुली ॥"
(८१)

प्रसञ्नतासाथ क्षितीश हाँसे ।
भुलेर आफ्नो ,दुख धोर बेर ॥
तशापि आयो उनमा प्रवाह ।
परी झभझल्का लहरी उठेर ॥
 । (८२)

«कहाँ उज्याली सुरकी जुहार ।
इठोपमा यो छ कहाँ असार ॥
फुटेर आँखा यदि स्वर्ग जाउ ।
परी छ हाँडीसरि भन्न आउ ॥
(८३)