This page has not been proofread
यति आँसु झरे मनोहर ।
दुग मुक्तालव झै बराबरी ॥
क्षणलाइ सिँगार सुन्दर ।
दिनु जस्तो रुनु भो सुखै तर ॥
(४०)
जुन भाव म प्रेम भन्दछु ।
उसको निम्ति छ स्वर्ग झल्मल ॥
न त आँसु समान तारका ।
किन बन्ये कण झै सफा जल ॥
(४१)
गति थोर विषादले भरी ।
अनि जप्दै मनभित्र माघुरी ॥
रुनु सुन्दरता हुँदा यहाँ ।
सुर ओर्लै तल प्रेमले भरी ॥
(४२)
कि त आह अनेक कामना -
हरु झीना जनले नदेखिने ॥
म प्रभात ननाउँ सुद ।
तन छुन्थ्यौ कि तिमी वरीपरी ॥
(४३)
मृदु विस्मृति नै विचार नै ।
नगरी क्रूर कुटी ननाउँछथौ ॥
श्रुकटी दुइले म घायल ।
क्षणलाई महिमा सुनाउँदै ॥
खनरै नमिलेर घुम्दछ् ।
वनमा कण्टकले बिभी रुँदै ॥
(४४)
जलतीरअगाडि बस्दछघौ ।
दिनको स्वर्णप्रभातमा तिमी ॥
कति आशचरा उडाउँदी ।
सुन झैं प्रेम दुगार्द्र कालमा ॥
(४५)