Jump to content

Page:Shakuntala.pdf/176

From Nepali Proofreaders
This page has not been proofread

अनि सुन्दरमा त सत्य नै ।
नलिई दाग विरोधका कनै ॥
झललल्ल झभझल्किएसरि ।
हुन गै चित्‌ गहिरो रसाउँछ ॥
(१७)

दिलको कलिलो सुकेन्द्रमा ।
छवि झल्कीकन फूल जन्मिए ॥
वनका सपनाहरखूसरि ।
अनि रोएर सुगन्ध जन्मिए ॥
(१८)

रुन आउँदछौं यहाँ सन ।
पृथिवीमा रुनकै विलास ली ॥
अनिवार्य अतृप्त कामना-
हरुका नाद अतृप्त आश ली ॥
(१९)

कन चीज नपुग्दथ्यो अब ।
सन संसार अहो ! मनाउँथ्यो ॥
जगतै वन भै तिनी तर ।
अब छन्‌ दास भजैर सुन्दर ॥
(२०)

"कुन ठाउँ तिमी शकुन्तला ।
मुखलेपहल फुलाउँछपी ुलाउँछघौ ?
अनि आँसु सिँणार ।
स्मृतिको दिव्य सुगन्ध दीकन ?
(२१)

वनकी दृहिता तिमी ननी ।
वनका पत्रहरू हरासँग ॥
छल गर्न सिकी प्रसून झैं ।
निकटै कञ्जविषे हराउँछौ ॥
(२२)