This page has not been proofread
विधुको महिमा मनोहर-
कन देखेर चकोर टोहिलई ॥
कुन लिन्छ अनन्तको तृषा ।
हिउँका ज्योति झरेर पीलिई ?
(११)
अति सुन्दरका मुहारमा ।
कुन टूना किन ईशले दिए ?
किन आँसु बनी मनोहर ।
दुइ धारा सब जिन्दगी गए ?
(१२)
कन स्वर्ग छ रम्य रूपमा ?
मुखरेखा किन हुन्छ अङ्कित ?
पटमा मुटुको निरन्तर ।
रंग बढ्दो रसिलो तृषासित ॥
(१३)
प्रभु मोहनबाट मोहनी ।
मुदुमा बन्दछ घूप-दीप झैं ॥
प्रभ् खोजिलिंदो जगत् सब ।
त्यसमै जीवनसार पाउँछ ॥
(१४)
मन-मोहन पूर्ण चारुता ।
मृदुरेखा मुखकी ननीकन ॥
मुटुमा दिन दिव्य चुम्बन ।
कति ट्नासरि छोप्तछे मन ॥
(१५)
विरहे पनि जिन्दगीकन ।
छ अनौठा सुखरूप व्यञ्जन ॥
जिउनै छ अतृप्त वाञ्छना ।
सब खोज्छौं विधिको कला यही ॥
(१६)