Jump to content

Page:Shakuntala.pdf/165

From Nepali Proofreaders
This page has not been proofread

पर देखियो मुख दिव्यको ।
चिर प्यासको हेँसिलीपन ॥
मुख एकले जगतै खुली ।
सृजजै खुली मनमोहन ॥
(४२)

अन स्वर्ण यो अरुण-प्रभा ।
अघि सर्र रङ्ग फिँजारिँदो ॥
स्‌न धप्कियो सुरदेशको ।
छवि लच्कियो हिउँमा छुँदो ॥
रवि गोलिए र छिचोलिए ।
घन रङ्गले मृदु ढक्ग्ले ॥
सुन देशमा सपना टिपी-
कन गाउँदो छ विहङ्गले ॥
सब चितियो सुख स्वर्गको ।
सुरको सुराहि झझल्कियो ॥
रँग नल्कियो खग पल्कियो ।
हिउँ टल्कियो सुन झल्कियो ॥
रँगको घडा सुर-व्योममा ।
छविदार झल्ल छचल्कियो ॥
कति पोखियो जल रङ्गका ।
कति छिरबिर' र छार्र भो॥
हिम-टाकुराहरु पाइ्वका ।
अन लाल छन्‌ ललित-प्रभा ॥
अलि जिस्किँदो वन-वायुले ।
फुल ब्यँझिए रँगका सफा ॥
मधुरा५५कृति प्रकटीकूता ।
अति स्पष्ट भो वन-हैलमा ॥
अन झल्किए जलका कणा ।
मधुमालती मृदु पत्रमा ॥
अन दृश्य चित्र विभिन्नता-
सँग देखियो लिद्द स्पष्टता ॥