Jump to content

Page:Laxmi nibandhasangraha.pdf/36

From Nepali Proofreaders
Revision as of 22:09, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "पाँचौटा चाहिने कुराहरू दुनियाँमा पाँचौटा चाहिने कुराहरू छन्‌-ईश्वर, आत्मा, स्वर्ग, नरक, धर्म । ईश्वरविना संसार नै शून्य छ । कारण नभई कार्य हँदैन । हामी "उनी छन्‌" को विश्वासमा जीवन ध...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पाँचौटा चाहिने कुराहरू दुनियाँमा पाँचौटा चाहिने कुराहरू छन्‌-ईश्वर, आत्मा, स्वर्ग,

नरक, धर्म ।

ईश्वरविना संसार नै शून्य छ । कारण नभई कार्य हँदैन । हामी

"उनी छन्‌" को विश्वासमा जीवन धारण गर्दछौं । यत्रो विश्वको काँटर

अडान देख्तादेख्तै यसमा चैतन्ययुक्त महापुरुषको सत्ता देखिंदैन भन्नु अन्धोपन हो । यो अनन्ततामा एक ठाउँ खडबड परे कत्रो विप्लव

मच्चिन्छ, तर अण्‌अणु संगत भएका छन्‌, ताराको त्यत्रो जगड्वाल

चाल छ, तर टक्कर छैन, समय र देशमा अभिप्रायपूर्वकका व्यापार

देखिन्छन्‌, सूर्यचन्द्र नीतिको उचित कालीनतासँग काम गर्दछन्‌ । रूखहरूलाई बीउभित्र हालिदिएको छ, बीउहरूलाई रूखभित्र । दानामा

विश्व छ र बिश्वमा दाना छ । यो मिलाप, यो तराजु, यो रौंप्रमाण तौल, यी चक्रहरू, यी उचित कालीनताका क्रमहरू सबै भन्दछन्‌-दिव्य

चैतन्य भन्ने कल्पना होइनः तर संसारको सत्य हो ।

चित्‌, संगति, साम्य अभिप्राय-यिनीहरूबाट हामी ईश्वरको सत्ता

मान्दछौं । जडबाट चैतन्य आउँदैन भने यो चैतन्यको मुहान कहीं

हुनुपर्छ । त्यो विराद्‌ चैतन्यलाई परब्रह्म भन्दछन्‌-त्यस अवस्थामा, जब विश्वसृष्टि हुनु बाँकी नै थियो, जब्‌ इन्द्रियहरूको प्रादुर्भाव भएको थिएन उनी व्याप्त थिए, बिशिष्ट भएका थिएनन्‌ । जब प्रथम कामको स्फुरणसाथ

उनी सिर्जना आभासित गर्न लागे, अनि उनको स्वरूप व्यक्त हुँदा स्रष्टाको प्रादुर्भाव भयो । त्यस अवस्थामा मूर्त भएका विश्वस्रष्टा हाम्रा ईश्वर हुन्‌ । ईश्वरसत्ताका प्रमाणहरू धेरै हुँदाहुन्‌, तर म न दार्शनिक हुँ, न

बेदान्ती । म आफैँ सहज बुद्धिले फेला परेका क्राहरू बहस गर्दछु ।

चित्‌, संगति, अभिप्रायको प्रमाण पहिले नै झल्काइसकियो ।

पाँचौटा चाहिने कुराहरू/ २७