Jump to content

Prithviraj chauhan/ekonabis sarga

From Nepali Proofreaders
Revision as of 20:00, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prithviraj_chauhan.pdf" from=185 to=189 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
एकोनविंस सर्ग

(१)
घोरीले लायो बँधाका ताउ
सपना सफल भो।
"अकबर हो अल्ला जन्नते इस्लाम्
मन्त्र असल भो ।

(२)
पृथिवीराजलाई पक्रेर ल्याए
मुसल्मान वीरले ।
घोरीका सामु तैपनि तिनी।
कुकेनन् शिरले ।

(३)
महम्मद घोरी वीरलाई देखी
तारीफका नजरले ।
भन्दछ राख हे वीर भाइ
वीरलाई कदरले ।

(४)
"ढाल र तरबार भूइँमा राख
पयर हाम्रो छोएर माग
लौ माफी धूलीमा ।
इस्लाम धर्म ग्रहण गरी
महम्मद सुल्तान शरण परी
पयरको धूलो शिरमा धरी
नोकर हुने प्रतिज्ञा गर
नून खाई हामी सोझो भै सधैं
ज्यान दिन तयार
हुकूम भर
पसेर झट्ट पयर पर
दयालु हामी ज्यान दिन्छौँ वर
हामीले झट्ट भनेकै गर
रणकी थलीमा ।
नत्र त तिम्रो कुर्वान गछौँ
इस्लाम हो अकबर शिर हामी भिछौँ
फतेह भालामा ।
हात जोड वीर ।
झुकाऊ शिर
पयरमा पर
ज्यान भन्दा मीठो काल छैन नानी
एक छिन दिन्छौँ
विचार ध्यानी
शिरको तरबार गर्नेछ हानी
सिंहासन दिउँला नोकरको हाम्रो
बगलमा राखी मुसल्मान जाती,
नगर शेखी
वीर हाम्ले देखी
जगत्का बखानी ।
दयाले बोल्छौँ
इस्लामले मोल्छौँ

नगुमाऊ ज्यान, पयर पर
नबन गुमानी ।

(५)
आँखामा काला बलेर ज्वाला
धधक धधक् भो
नझक्ने शिर भारत वीर
ठाडाको ठाडै कड्केर भन्छन्
"तँ मेरो दुश्मन !
मुसल्मान् हिन्दू लङ्का र सिन्धु
कहिल्यै हुन्नन् धर्ममा बन्धु
त हार्ने छोटो
म जित्ने हूँला,
धर्ममा मेरै, कर्ममा मेरै
स्वर्गको बाटोमा ।
ज्यानको खेद चढाउन पाइन
यी वचन तेरा निभाउन पाइन
तँ पयर परी माफीले मेरो
बन्धुको रगत
भारतको आँशु
बहाई बसिस् विजेता सम्झी
उठूला भरे बराबर ब्यूझी
तँलाई हटाउन ।
वीरको खाकमा आगोको ज्वाला
शरीरको मिथ्या के सत्य जाला ?
 ले मेरा मासु ले मेरा बोक्रा
लगाएस् धाक डिल्लीमा खोक्रा
यी यस्ता संसार हजार घुमे
यी यस्ता चोला, हजार थोत्रे,
फालेर हिँड्थे सम्झेर उत्रे
फाटेको छाती फटाइदे तैंले
जिउनको इच्छा गर्न ता मैले
नरकको बाटो ली जानु अहिले

सक्दिन आज स्वधर्मपथ
म यसै बिराउन ।
म तेरो नोकर होइन मालिक !
तँ पयर परी पसेर अहिले
भागी जा छाडी भारतभूमि
चोरको सर्दार बनेर आज
यो रक्तपातले मानेर लाज
जपेर माला घरमा बसेस्
आत्मालाई धुन आँशुमा डुबेस्
नआएस् फेरि दुष्टको हाँकले
भारतलाई रुलाउन ।
झुटोको आवाज मायाको ध्वनि
सक्दैनस् तैंले म जस्ता मालिक
लोभले भुलाउन ।”

(६)
घोरीका आँखा लाल लाल भए
आँखीभौँ आँधीमा ।
तरबार नङ्गा वरि र परि
हवालाई काटी हुकूम भनी
कुर्वानको इज्जत लिनलाई सरे
के भनूँ ज्यादी म ?

(७)
उडेर गयो फिलिक्क आत्मा
मुसल्मान् झस्काई
आकाशमा यौटा
बिजुली देखे
छेड्दथ्यो दिनलाई ।

(८)
त्यो आत्मा गयो स्वर्गको बाटो
ताराका पारीमा ।

दरबारमा ठूलो
छेलो र खेलो
अमृत हुने अम्लानका सुमन-
हरूको बारीमा ।
विजय गयो त्यो सरमलाई ।
जो हामी मान्दछौं ।
जीवनभित्र म्लेच्छका पयर
टेकेका छातीमा ।
म्लेच्छको सामु दबेर बस्न
हारका रातिमा ।