Jump to content

Sunko bihani/gau dine katha

From Nepali Proofreaders
Revision as of 18:11, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Sunko_bihani.pdf" from=48 to=50 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
गाउँ दिने कथा

(१)
हौदा चढ्यो घोडामाथि
हौदामाथि हात्ती
चञ्चलेको राजालाई
यस्तो भयो पात्ती ।

(२)
दुइटा ओडार काला काला
त्यसमा दुइटा तारा
माथि झाँग छ तल झाडी
त्यो हो के त प्यारा ?

(३)
सोह्र कौडा दुइ ठाउँ
खाल्डोभित्र हाँस
झ्याली बजे पानी पर्छ
आँखा साउन मास ।

(४)
पहाडमाथि झाँग लाग्यो
वनमा पस्यो बाघ
संचो मानी बस राजा
ठुँग मारिमाग ।

(५)
सानो बादल दलिनमा
सेतो सेतो लाग्दो
त्यसभित्र बस्ने को त ?
के के खान लाग्यो।
(६)
सानो सानो नानी मेरो
फुर्के लायो धोती
ऐय्या पार्ला होश राखे
मुन्द्री लाउने लोती ।

(७)
खाल्डो यौटा नपुरिने
जति हाल्यो उत्ति
त्यसमा गुँड लाउने को त
विन्ति भन यत्ति ।

(८)
एक देशकी रानी आइन्
मीठो चाल मारी
ढकनीलाई ओह्रालेर
कालो लाई सारी !