Jump to content

Page:Laxmi nibandhasangraha.pdf/24

From Nepali Proofreaders
Revision as of 21:40, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "मेरी शिशु जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म ब्यूँझैँदै गएँ, क बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी ध...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

मेरी शिशु जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म

ब्यूँझैँदै गएँ, क बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन्‌ । मलाई नरम र कोमल सब चीज आएर त्यसवेला स्पर्श गर्थे, जब मलाई देखेर उसका

दुई-आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेकै उसको दुनियाँलाई

आधार दिन्थेँ, क प्रकृतिले नै बुझिरहेकी थिई । उसको आफूमाथिको आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु या हिंसा गर्नु मानवप्रकृतिको बिरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू

उखेल्न सकिनँ । मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे ।

आफूमा आघारर पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कबेरको

जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त

एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको कोमलता र सुगन्ध भर्न मन लाग्यो । मलाई एउटा माली बनूँ-बनूँ लाग्यो र बीउ बिनी-बिनी रोपूँ जस्तो लाग्यो । मेरा भावनाहरू अप्रकट थिए तर हृदयले हृदयलाई नबताए पनि त्यसै बुझ्दथ्यो । उ

बिरामी हुन्थी, बराबर मेरो हृदय जापक

लाग्थ्यो ।

2

बन्दध्यो। म

अविदितको पुजारी बन्न लाग्थे, जब उसको आत्मा दु:खको शब्द निकाल्न

मैले मेरो जीवन बुझेँ त्यस वेला, जब उसले आधार खोज्दथी !

म कथा भन्न लागें, भन्दाभन्दै तिनमा बिश्वास गर्न लागेँ,

रामचन्द्र र कृ्‌ष्णजी साँचा हुन्‌ भन्ने उसैले बुझाउन लागी । म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु ! म हत्याराहरूसँग

मेरी शिशु/११