Jump to content

Page:Buddhi binod.pdf/3

From Nepali Proofreaders
Revision as of 15:24, 19 April 2025 by Rbn (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated
श्रीः
बुद्धि-विनोद

कहाँ थियो वास अघी म को थिएँ
कसो हुँदा यो पिजरा लिंदो भएँ ।
कहाँ छ जानू कुन साथ लीकन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१॥

म वाच्य को हो कसरी कहाँ बसी-
रहेछ त्यो इन्द्रिय-जालमा फसी ।
चिनिन्न आफूकन आफुले किन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२॥

स्वयं निराधारविषे टनाटन
असंख्य ब्रह्माण्ड खडा गरीकन ।
जगत् जमायो कुन कर्मिले किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३॥