Jump to content

Page:Prithviraj chauhan.pdf/12

From Nepali Proofreaders
Revision as of 14:17, 19 April 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

राजनीतिक-धार्मिक आधार कथाले महाकविलाई निकै उत्प्रेरित गरेको छ र पृथ्वीराज चौहान, शक्तिशाली बीर /प्रेमी नायक हुन आएका महाकाव्योचित छन्‌ । महाकविका चेतनामा ट्साइरहेको युग-सङ्क्रमणकालीन तीव व्यङ्ग्यबोधचाहिँ राजा जयचन्दका बिरालीबृद्धिका चित्रणका क्रममा यस महाकाव्यमा !प्रकाशनका सिलासिलामा) कायम सत्रौँ सर्गका अनुच्छेद /शलोक ११-१५ पराकाष्ठामा पुगेको छ । पृथ्वीराज चौहानमहाराणा प्रताप दुवै महाकाव्य त्रिचन्द्र कलेजका प्राध्यापक गोक्लचन्द्र शास्त्री (मलहोत्रा! को हिन्दू/ राष्ट्रिय स्वातन्त्रय-चेतनाका उन्नायक बलिदानी महावीरहरूका गानमा आधारित महाकाव्य लेख्ने सुकाउबाट उत्प्रेरित रहेका हुन्‌ भने त्यस्तो चेत उनका (देवकोटाका) आफ्नै रुमानी पारामा पृथ्वीराज चौहान महाकाव्यमा पनि मुखरित भएकै छ र यसमा भारतको छिमेकी हिन्दुराष्ट्र नेपाल महान्‌ देशभक्त गाइने/कविको स्वराष्ट्रचेतसमेत अन्तर्व्वनित छँदै छ । यो पृथ्वीराज चौहान महाकाव्य उनले नेपाली लोकलय (क्यारे) र नेवारी लोकगाथाका मौलिक एवं प्रतिभापूर्ण उच्च कलात्मक प्रयोगस्वरूप आफ्नो प्रथम नेपाली खण्डकाव्य मुनामदन (१९९२ र छापेको एक दशकपछि कम्तीमा दुई महाकाव्य वर्णमात्रिक छन्दमा लेखी छपाइसकेपछि, नेपाली लोक गाइनेका चाँचरी र कर्खाका मुहुनीदार छन्द-डाँचा र महागाथा-संरचनालाई महाकाव्यस्तरमा पुनरुज्जीवन प्रदान गर्दै रचेका छन्‌ । यसमा ५ 134२) ५ ५ (३4२) 2५ ६ (३4३) अक्षरगुच्छका रुयाउरे छन्दका मूल ढाँचालाई अँगाली बीचबीचमा १०५ वा ६ का अनेक खण्डचरणलाई प्रचुर मात्रामा प्रयोग गरी अन्त्यान्‌प्रास र कतिपय मध्यान्तानुप्राससमेतका मोहक सङ्टीत-जाद्का साथ उनले प्रवाहमय सङ्घीति प्रदान गरेका छन्‌ । यसका लोकलयमा २००१ सालतिर रचित गाइने गीतलूनीका साथै कुञ्जिनी (२००२) को रन्को सुनिन्छ नै । यो (महाकाव्य) लोकछन्द र महागाथाका संरचनामा उनको प्रथम र अन्तिम महाकाव्य हुनाका नाताले पनि विशेष स्मरणीय छँदै छ । यसमा उनका अन्य महाकाव्यहरूमा कैँ देवकोटेली महाकवि-प्रतिभाको आरोह अवरोह त छ नै तर उनका शाकुन्तलप्रमिथसबाहेक अन्य महाकाव्यका दाँजामा यसमा प्रतिभा-वैशिष्टच खास कम छैन । बरु राम्रै कोटिको छ । त्यसैले उनका आधा दर्जन नेपाली महाकाव्य र प्रमियस एवं अपेक्षाकृत श्रान्त-क्लान्त बन- कूसुमबाहेकका सुलोचना, पृथ्वीराज चौहानमहाराणा प्रतापलाई एक खास मोटामोटी श्रेणीमा राखी सुङ्म तुलनात्मक अध्ययनद्वारा मूल्याङ्कित