चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ, शायद मेरो मनको
अवस्था ठीक नभएको होला। कोल्पुखोला तरेर एउटा जङ्गल भएको
पहाड चढ्यौं । झिल्दुङ भन्ने त्यही रहेछ ।
भझिल्दुङ नामको पहाडमा ज्यादा बाहुनहरू बस्ता रहेछन्, त्रिशूलीनदी तलतिर बगेको रमणीय दृश्य देखिँदो रहेछ । यसलाई बाहुनगाउँ
भने पनि हुन्छ । ढुङ्गाका एकतले घरहरू ज्यादा देखिन्छन्,
खरले
छाएका, काला भयाल भएका, रातो माटोले धेरैजसो पोतिएका, अलि
खाइलाग्दा झोपडीहरूका ढोकाहरू बुट्टा काटेर सजाइएका, पिँढीदार
झोपडीहरू तल्लो छानामा पाकेका फर्सीहरू पहेलिएर टम्म रहेका, काँढादार बारहरूले बारिएका, भिराला खेतहरू र साना-साना बगैँचा
जस्ता बारीहरू बनाएका, जहाँ केराका बोटहरू, सुन्तला, भोगटेहरू
देखिन्छन् र एक-दुई ठाउंमा लिचीका बोटहरू पाइन्छन् । माटो अलि
ढुङ्टिलो र रातो किसिमको हुँदो रहेछ । हरेक घरमा गोठ देखिन्थ्यो,
जसमा गाई, भैंसी, गोरु बाँधिएका देखिन्थे, कतै केही भेडा र बाखीहरू पनि । तिनलाई चराउन सान-साना आठ-दश वर्षका छाउराहरू पनि निर्भीक तवरले हातमा लट्ठी लिएर धपाउँदै हिँड्थे । पोशाक पनि यहाँ आफ्नै किसिमको थियो । बाक्ला कोराका भोटाहरू नै पोशाकका प्रधान अङ्ग थिए, र तिनीहरूमा नलीदार तुनाहरू
सुर्काउने पारिएका देखिन्थे, त्यसउपर कोराको बाक्लो पट्का कसेर हावाको बचाउ गर्ने आदत देखिन्थ्यो, एउटा सेतो कोराको टोपी र
घुँडासम्म आउने नै कोराको धोती-यत्तिले पोशाकको पूरापन चित्रण गर्न सकिन्छ । कोही-कोही लबेदा लगाउँथे घरबुना जस्तो कोठे र घुँडासम्म पुग्ने । स्वास्नीमान्छेहरू छीटको ज्यादा प्रयोग गर्दछन् र
रातोको रुचि गर्दछन्, एकआंठे कपाल ज्यादा बाटने गर्दछन् र काम गर्दा
घुँडासम्म फरिया उचालिने गरी बाक्ला पटुकाले बेर्ने गर्दछन्, डोको बोकेर घाँस काटेर बस्तुलाई खुवाउने गर्दछन् । अक्सर स्वास्नीमान्छेहरूको
बदला यो काम लोग्नेमान्छेको हातबाट हुन्छ, तर लोग्नेमान्छे नभएका
वेलामा अथवा उनीहरूले काम नभ्याएका वेलामा, स्वास्नीमान्छेहरू नै
अगाडि सर्दछन् । स्त्रीहरूको अरू काम कूचो बढार्ने, पनेरामा गएर
पानी ल्याउने, भकारो सोहोर्ने, बिस्कुन सुकाउने, ढिकी चलाउने, जाँतो
पिँध्ने र भात पकाउने हुन्छ । स्त्रीहरू बडा बलियाबाङ्गा र कामले १२/लक्ष्मी निबन्ध-संग्रह