Jump to content

Page:Prithviraj chauhan.pdf/4

From Nepali Proofreaders
Revision as of 14:05, 19 April 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
प्रकाशकीय

महाकवि लक्ष्मीप्रसाद देवकोटाको हालसम्म अप्रकाशित रहेको तर बेलाबखत विभिन्न विद्वानूहरूद्वारा कुरो उठाइने गरेको महाकाव्य पृथ्वीराज चौहान प्रकाशित गर्न पाउँदा हामीलाई विशेष हर्षानुभूति भएको छ ।

साका प्रकाशनमा धेरै समयअधिदेखि दराजमा थन्किरहेको यस महाकाव्यको पाण्डुलिपि ठाउँठाउँमा प्रशस्त केरमेट भएको र महाकवि देवकोटाज्यू र अरूको समेत हस्ताक्षरमा सच्याइएको पनि छ । १४ सर्गपछि सोह्रौं सर्ग भनी लेखिएको र बीचमा केही पृष्ठ खालीसमेत छ । हामीले पाण्डुलिपि सार्नुहुने साहित्यकार श्री श्यामदास वैष्णवज्यूसँग र महाकविका सुपुत्र डा. पद्मप्रसाद देवकोटाज्यूसँग पनि सम्पर्क राख्यौं र पाण्डुलिपि देखायौं । १४ र १५ सर्गको बीचमा केही पृष्ठ खाली छोडिएको सम्बन्धमा श्री वैष्णवज्युले लेखिदिनुभयो- "पन्ध्र सर्ग लेख्ने परिकल्पना देवकोटाज्यूले गर्नुभएको थियो- त्यस बारेमा उहाँले लेख्नुभएको छ - 'यहाँ एक सर्ग दुई बीरहरूको आत्मोत्सर्गको हुन सक्छ' -तर यो लेखिएन र मैले अरू सबै सारी उहाँले आ्योपान्त हेरी, सपारी प्रकाशनार्थ प्रस्तुत गर्नुभएको हो, तसर्थ सिलसिला मिलाई छापे हुन्छ । टुटेको छैन ।" त्यसैले हामीले यो छाप्यौँ ।

महाकवि देवकोटाज्यूको क्याउरे छन्दमा लेखिएको एक मात्र महाकाव्य प्रकाशित गर्नुको हाम्रो अभीष्ट महाकविप्रति श्रद्धाञ्जली अर्पण गर्नु मात्र होइन, महाकविका विराट्‌ र सूक्ष्म अध्ययनका लागि विद्वानृहरूलाई सजिलो गराइदिनु पनि हो । यसैले महाकविका अन्य केही अप्रकाशित रचना पनि प्रकाशित गर्ने हाम्रो आकांक्षा छ । बौद्धिक वर्ग, साहित्यिक बन्धुहरू एवं पाठकजगत्बाट यस कृतिलाई सहर्ष ग्रहण गरिनेछ- विश्वस्त छौँ ।

२०४९, लक्ष्मीपूजा साका प्रकाशन