Jump to content

Page:Laxmi nibandhasangraha.pdf/20

From Nepali Proofreaders
Revision as of 21:39, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "“एङ्गो सङ्गो झाझे झेङ्गा राङ्गा राजे तिप्लिङजोग्गा !' जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैँ द्रुत लयमा खुट्टाका चालसंग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन्‌ मुसुमुसु हामी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

“एङ्गो सङ्गो झाझे झेङ्गा राङ्गा राजे तिप्लिङजोग्गा !'

जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैँ द्रुत लयमा

खुट्टाका चालसंग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन्‌ मुसुमुसु

हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन ! तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा रमाइलो कञ्ज बनोस्‌ त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न

कृ्‌ष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन्‌ र बरावर

यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन्‌ । नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लिन्छन्‌, हावा झैं चढ्दछन्‌ र कामबाट

फुर्सद पाउनासाथ ती गोडा नाच्तछन्‌ । पुराना-पुराना गीतहरू मुरलीमा बज्दछन्‌, कोरस चल्दछ र श्रमको जीवन सङ्घीतमय बनेर सबै पहाडी

चिडियाका स्वर मिलेभौं अविदित अर्थले गुनगुनाउन थाल्दछन्‌ ।

यी शेर्पिनीहरू बडा राम्रा हुन्छन्‌ र बलिया पनि ! तर यिनीहरूमा सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्‌, उस्तो नुहाउँदैनन्‌, वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना

झुप्रा बनाएर बस्तछन्‌, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा

देखिन्छन्‌ र बडा साधु देखिन्छन्‌ । यद्यपि यिनीहरूमा उज्जण्ड बडा

डरलाग्दा हरामज्यादा हन्छन्‌ रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई नजिस्काउञ्जेल केही गर्दैनन्‌, तर रीस उठेपछि यिनीहरू सोझाको भयङ्र क्रोध देखाउँछन्‌ । तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी

अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ ।

बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए

पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू

पहाडीहरूलाई एक दिनको बाटो ।बाटामा उस्तो रमाइलो दृश्य केही

देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय

पहाडी जीबन/११