यात्रीहरूकै साथमा अगाडि बढेँ ।
मलाई यसपालीको यात्रा उस्तो केही मजाको लागेन । आफ्ना बयोवृद्ध मान्यजनहरू साथमा थिए र आफ्नो उमेरका मिल्दा ठिटाहरू कम थिए। न उनीहरूमा प्राकृतिक अध्ययनलाई चाख थियो, न उनीहरूमा औपन्यासिकता नै थियो (बाटामा कहिले तरुनी भोटेनी भेटे जिस्कनुसिवाय)
न कुनै वनस्पतिज्ञ थिए, न कसैलाई सोझो बाटोबाट अलिकति यताउता
बाङ्गिन टेढिन मन लाग्दथ्यो । 'ठिमिलेयात्रा' भन्ने नाम म यसलाई
दिन्छु-सरासर दगु-्यो, ठाउँमा पुगेर सरासर फर्किएर आयो। प्राचीन क्राषिहरू यसरी जरूर यात्रा गर्दा होबैनन् । हामीलाई सधैं फुर्सतैको कमी छ । न केही नगर्नुमा नै जीवन बित्तछ; केही नदेख्नुमा नै हामी 'वाहवाह' पाउँछौँ । एकदुई कुरा यसो टिप्पणीसम्म वरावर कोही गर्दथे,
तर ध्यान, भावना र प्राकृतिक सृक्ष्म अध्ययन उनीहरूमा शून्य थियो । मैले बाटामा एउटा भोटेनीहरूको नाच देखेँ जुन बडो रमाइलो
थियो । पुरुषहरूभन्दा स्त्रीहरू राम्रा, गुलाफी रहका बलिया होलान् जस्ता देखिन्थे । तिनीहरू हँसिलो चेहराका, मड्गोलियन कटका, साना
दाँतका, राताराता घिउ-धघिउ गह्नाउने, रातो कोट र सत्रन्जी जस्ता
जामा लगाएका, पुडकापुडका ठिटीहरू थिए । तिनीहरू नाचेको निक्कै
रमाइलो देखिन्थ्यो । खुट्टा हलुका तबरले बराबर उचाल्दै झार्दै, बराबर हातले पनि शान गर्दै, मसिनो सुरिलो स्वरले गीत गाउँथे तामाङ
बोलीमा र शायद एउटा भोटे मुरली हो कि के बजाउँथ्यो र नाच्तथ्यो ।
नृत्य नै तिनीहरूको कला र बिलासको नाममा एउटा वरदान भएजस्तो
बुझिन्थ्यो । अरू तवरले तिनीहरू गरीब थिए तर नृत्यमा बडा धनीर
सुन्दर जस्ता देखिन्थे । यी नृत्यहरू प्राकृतिक थिए, पहाडमा लहरा नाचेझैँ गुलाफी रङका फूलहरू गालामा फुल्दथे । यहाँ क्त्रिमताको
लेश थिएन, प्राकृतिक तवरले हाँस्तथे, प्राकृतिक तवरले नाच्तथे, बोल्दथे त्यसै प्राकृतिक तवरले, तर सब तवर राम्रो थियो र रसिलो। खुट्टाका
छिटा बलिया, कामका सिपालु तामाड्नीहरू पहाड चढ्ने र ओर्लने
आदतहरूमा नै नृत्यका अभ्यास पाउँथे । यहाँ तिनीहरूलाई न दम
चढ्दथ्यो न कसरत जस्तो लाग्दथ्यो र तिनका स्वरहरू मसिना, चरा
जस्ता थिए- पहाडमा जन्मेका र पहाडमा पंख उम्रेका, नबुझिने तर
मीठा ज्यादा अनुस्वार भएको स्वर थियो, मानौं१०लक्ष्मी निबन्ध-संग्रह