This page has not been proofread
(४)
म जस्तो राम्रो क्वै छैन हेरि !
ऐनामा हेर्दा म जस्तो सुन्दर
देखिन्न काही संसारमा फेरि
मेरो नै सधैं बज्दछ भेरी
म उड्दा उड्दा स्वर्गमा पुगी
सिंहासन लिन्छु ईश्वरको हेरि !
मपाई नबन ।
सबैको निम्ति जिऊ है बिन्ती
नभन्नु विश्व आफ्नो नै निम्ति
अनन्त अघि
के मेरो गिन्ती
सत्यको शरण मरण छ जीवन
आफूलाई नगन ।
आफूलाई भुल्ने विश्वको हितमा
सहज शासन गर्दछ रीतमा
राजाको त्यही अनन्त थितमा
हृदयभित्र ताल है हुन्छ
मानिस राजा बन्दछ चित्मा
अनन्त न्याय बाटुलो पार्ने
अनन्त सत्य सजीव धार्ने
देवका रीतमा ।
प्रजाको नोकर
सेवाको चोकर
दु:खको ठोकर
लिएर सबको निम्तिमा जिउने
कुठार दी कुरीतमा ।
तर यो मनले पिर्दछ नानी
बिगार्छ हेर ! सबको बानी
ढुङ्गाका चाचा गुणका सट्टा
बोक्राको ढाँचा, दिव्यमा बट्टा
गराई मानिस देवका ठट्टा