Jump to content

Page:Prithviraj chauhan.pdf/105

From Nepali Proofreaders
Revision as of 10:31, 19 April 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१२)
पर्दा छ तर तिनी छन् पर
सौन्दर्य नामको जादूको घर
वर र पर हर र हर
मुस्कानका
मोती बर र बर
त्यसैको यात्रामा ।
हामी हुँ साधु खोज्ने है जादू
मधुर सुन्दरहरूका साधु
दिव्यका यात्रामा ।

(१३)
चन्दाले यस्तै गर्दथे गाना
बराबर गिराई मोतीका दाना
किसान नजरका ।
ईश्वरको हाँसो पाएको फूल-
हरूको कथा सुगन्ध मूल
सुनेर दिलले भक्तको सच्चा
रातका पहरमा ।
किसान शिशु वरि र परि
बस्दथे सुन्दै तिनलाई घेरी
सुन्नको रहरमा ।
यस्तो ली चाल ती दुई पुगे
कन्नौज शहरमा ।

(१४)
कन्नौज पुरी थरी र थरी
शोभाले विचित्र ।
जय र चन्द राजाको प्रताप
पाएर फुल्दो फैलिँदी दिइन्
उन्नति सुचित्र ।
अनेक झिलिमिलीका मालले
बजार सजेका ।
घोडा र हात्तीसम्मको बिक्री
गर्नलाई तुन्दिल महाजनहरू
ठाँटले डटेका ।