This page has not been proofread
ईश्वरकी मोहनी गर्दछिन् राज
स्वर्गको ऐशमा ।
चन्द्रमा सारा झल्कन्छन् तिनी ।
तारामा चम्कन्छिन् ।
हृदय-भाव गलाको झर्ना
हरूमा छम्कन्छिन् ।
रातका दिल कमल आसन
लिएर गम्कन्छिन् ।
विश्वको मन्दिर सुन्दर पारी
तिनैले सजाइन् ।
संयोगमा छिन् ध्यानकी छवि
लावण्य रूपले रुलाउने कवि
तिनैले मेरा हृदय-तारमा
पूजाको सुन्दर प्रभाव सारमा
यी गाना बजाउँछिन् ।
(१०)
तिनलाई देखें कहिले मैले
पर्वतका चूलीमा ।
सन्ध्याको रूपमा ओर्लेकी राम्री
मुखमा घसी उज्यालो फाहा
सुनको धूलीमा ।
(११)
कहिले देखें बादलका किल्ला
बीचमा राजने ।
प्रेमका आँशु बादलले बन्ने
देवतागणले नीलोमा बुन्ने
सूतले बनी जन्मेकी छवि
चराका दिलमा रहने वीणा
मधुर बाजने ।
फूलका उरमा आँशुका दाना
प्रेमले साजने ।