प्रकाशकीय उही किताप हो । यही किताप हो ।
संवत् २००२ सालमा यसको 'परिचय' दिँदै ने. भा. परिषद्का
अध्यक्ष श्री पुष्करशमशेरले लेख्नुभयो-
“राजर्षि श्री महाराजको उच्च उद्देश्यवमोजिम... डाइरेक्टर
जनरलबाट तयारगर्नू भन्ने मर्जी बक्सेबमोजिम...निकालेका पुस्तकमध्येको
योहो।”
अनि २०१९ सालमा ने. भा. प्र. समिति र ने. भा. परिषद्का संयुक्त अध्यक्ष भएर यसैको परिचयमा श्री भीमनिधि तिवारीले भन्नुभयो“बहुमुखी प्रतिभा लक्ष्मीप्रसाद देवकोटाज्यू (द्वारा)...यो किताब त्यसै बेला अर्थात् २००२ सालमा लेखिएको हो। यद्यपि ने. भा. परिषद्ले उहाँलाई केही खुबाउन सकेको थिएन सिवाय किम्बुका हरिया पात । तैपनि उहाँले यस्तो रेशम ओकलेर नेपाली भाषा साहित्यलाई विभूषित गरिदिनुभयो । यो उहाँको उदारता हो ।” निष्कर्ष निस्कन्छ यसबाट यो-
नमरी देवकोटाले चाहिँदो सम्मान पाएनन्, यो एउटा कटु सत्य
हो, र यसैलाई अर्को 'लक्ष्मी-निबन्ध' भने हुन्छ- सबभन्दा छोटो निबन्ध,
तर सबभन्दा महत्त्वपूर्ण, महाकविको जीवनको निबन्ध- 'लक्ष्मी-निबन्ध ।' तिबारीज्यूले भन्नुभएको, देवकोटाज्यूको यो 'रेशम'-को अधिकारी
भएर अब साझा प्रकाशन आएको छ । त्यो रेशम' नेपालीमात्रलाई
सर्वसुलभ गराउने हाम्रो कर्तव्य भएको छ । हाम्रो प्रबन्ध 'लक्ष्मीनिबन्ध' जस्तो नहोला, प्रतिभाले नछोएकाले; तर प्रयत्न हामी गर्नेछौँ- महाकविको सेवा गर्न पाएकोले । संवत् २०२४
क. दी.