Jump to content

Page:Shakuntala.pdf/15

From Nepali Proofreaders
Revision as of 21:31, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "हितीय सर्ग मालिनी) विपिन छ बहु-शाखा-रम्य, जँचा विशाल । विटपदलहरूको शीतल स्निग्घजाल ॥ बहु-विहगहरूले गुँज्छ जो चल्मलाई । प॒वन-चपल बास्नादार पुष्पादि पाई ॥ 0) वल छ कुसुमश्रीको देश जस्त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हितीय सर्ग मालिनी) विपिन छ बहु-शाखा-रम्य, जँचा विशाल । विटपदलहरूको शीतल स्निग्घजाल ॥

बहु-विहगहरूले गुँज्छ जो चल्मलाई । प॒वन-चपल बास्नादार पुष्पादि पाई ॥ 0)

वल छ कुसुमश्रीको देश जस्तो हरीयो । कलकल जल खेल्ने चल्मलाएर चाँदी ॥ सरस मृदु मुनाका स्वादजिज्ञासु साना । दुधमुख मृगबच्चा खेल्दछन्‌ नित्य नाना ॥

(र)

मृग सुखसँग खेल्छन्‌ हेर पोथी कन्याई । मखमल हरिया छन्‌ मस्त उग्राइलाई ॥

बहुल विपिनबल्ली नाच्दछन्‌ दिव्य हल्ली ।

पिक नव-रव बोल्छन्‌ मञ्जरीभित्र चिल्ली ॥ (३)

शहर छ पशुको झैं पत्रको छत्रदार ।

किसलय-कलि

पन्ना

लुर्किने

रङ्गदार ॥

जल-लवसित मुक्ताहार झैं झर्छ दाना । विविध विटप खम्बा छन्‌ अलङ्कार नाना ॥ (४)