[१]
सेर्पा राङ्जा राम्रो |
अग्लो गोरो हाम्रो
लडाइँमा चाम्रो ! ।
[२]
मिर्मिर जूँघाओठे ! ।
बाघलाई मार्ने खुकुरी.
हान्छ एकै चोटे ! ।
हँसमुख तामाङ भोटे ॥
[३]
बीँडमा खोपी खुक्री ।
सिरुमापातै खुकुरी!
तेर्सी भिर्छ, पारेर |
दुश्मन शिरको टुकुरा ।
त्यो ता कैल्यै हटेन ।
लडाइँमा पटक्कै |
बीरको छाती फर्कायो ।
उसको अगि लड्ने को ?'
इन्द्रै पनि थर्कायो । |
[४]
'कपाल माथि फर्कायो । ।
तामाङ टोपो कर्कायो |.
आँखा ठूला तर्कायो |
दुश्मन सारा धर्कायो।.
[५]
गालामा यौटा चोट छ ! ।
लड्दा लब्सी बोटले
दिएको चिनो खोट छ । |
[६]
रक्सी खान्छ अघोरको
लाग्ने हुन्छ घनघोरको
खुक्री ली नाच्छ
मुटु वर्काइ कमजोरको ॥
[७]
देख्यो त्यल्ले म्हेन्दुलाई
च्याखुरा दै इन्दुलाई ।
राजहाँसले सिन्धुलाई ।
[८]
छाती खोली कबोल्छ
“मेरी म्हेन्द॒ को बोल्छ ।
खुकुरीको धारले
त्यसको गर्न म मोल्छ ॥
[९]
गुंजेलामा गएर
राङ्जालाई भन्दियो ।
गुम्बु माग्छ-म्हेन्द॒ यो
लान खोज्छ भन्दियो ॥
[१०]
तादी नदी तीरमा
फूलको हाँगा शिरमा
कहालीको भीरमा
गुम्बु म्हेन्दुसँगमा छन् ।
[११]
भेट्राएर राङ्जाले
हाँक्यो गुम्बु मजाले ।
म्हेन्द॒ ताक्ने भाङ्जाले ।
Page:Mhendu.pdf/25
Appearance
This page has not been proofread
पञ्चम
