गर्धनमा टल्काएँ
धर्थर् पो ्काप्यो बा
नामर्दी ठानेँ बा ।
[३१]
हुन्न जा सिँगाने
त्यो गुण्डो रैथाने
तँ बोले काटौँला
तादीमा गाडौँला
तेसै के छाडौँला !
[३२]
किन यो रुन्छे है
के करा गुन्छे है ।
[३३]
आँखालाइ पुछेर
तर ती वर्लिइन् ।
तादीमा हाम्फालूँ
भने कैँ सुर लिइन् ॥
सम्हाली मन फेरि
आशाको भर लिइन्
एकलासमा घोरिई ।
पर्खने सुर लिइन् ॥
[३४]
मन भन्थ्यो बोल्न जा
सम्सम त्यो खोल्न जा
प्रेम ठूना संसारमा
जीवन-धन मोल्न जा ॥
[३५]
सुनचरी साँकमा
नेपाल वन मारमा
पखेटा फिँजारी
शिखरका राजमा
नसुन्ने भाषामा
कुर्लन्थी आशामा
बोल्नको ठूना भै
जीवनको पाशामा ॥
फुलपत्ती जिम्रो ली
बादलका राशमा ॥
[३६]
“चरी हुँ”- मन लाग्यो
'्हेन्दु' लाइ अकासी
प्रेमको शिखरमा
पखेटा विकासी
[३७]
कल् कल् कल् केलीमा
जल जल जल तादी छन्
आँसुमा फल् फल् फल्
प्रीतिका शांदी छन् !
[३८]
म्हेन्द॒ वन रुनकुनमा
बादल जल सुन सुनमा ।
दुइ नजर कनकनभा
रुन्छिन् ती मनमनमा ।
Page:Mhendu.pdf/14
Appearance
This page has not been proofread
