Jump to content

Page:Mhendu.pdf/18

From Nepali Proofreaders
Revision as of 16:45, 16 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread
चतुर्थ

[१]
रानी जुनेली
चाँदी उजेली,
राज्छिन्‌ हेलम्ब्‌
सेर्पा कोलुङ्गो !

[२]

ढुङ्गा फुल्ला फुल्लामा
पानी बोल्ला बोल्लामा
थुँगा हिल्ला हिल्लामा
टह टह जून ।

रि]
भन्छिन्‌ हिन्दु कुरंगी
उसका आँखा कोस लामा
जलभर जलभर
टलपल छन्‌
वसन्तको वन ।

[2]
बाबा गम्बोजी
आगो फिलिङ्गो ।
नछोड्‌ भन्दछ
सेर्पा फोलुङ्गो ॥

[५]
आँखा टलपल ती
पार्छिन्‌ अंबुजा !
गुम्बु “भन्दछन्‌ दुखी दिलघुजा
“हाम्लाइ रोक्नमा
उनलाई के मजा ?”
आँखा आँखामा
जुकी रसायो ।
चीर्ति पीर्तिमा
बोल्ने जल आयो ॥
दि]
आँखा पुछ्ी ती
मीठी बनचरी
आँखा चिम्लिन्छिन्‌
आँखा मन भरी ।
[५]
“छोड म्हेन्द॒ जून रानी मलाई ।
गेरु रँगाउँला
केको दुख हाई ।
म्हेन्द॒ छीटो अँगालो, हाल्छन्‌ !
बल्लरी रोई फूलफूलमा
दाना बर्बरी !
[5]
“नजाक" भन्दछन्‌
फेरि त्यो घरमा !
हामी मरौँला
उुण्डी यो बरमा ॥"”
[९]
आँसु रुमालले
पुछी बर्बरी ।
गुम्बु भन्दछन्‌ ।
प्रेमका निर्फरी ॥