[1१०]
“यहीँ बसौंला
तिम्रो मन भए ।
चकोर तन हुँला
रानी, जून भए ।”
[११]
“घरमा क्वै छैनन् ?"
सोध्छिन् म्हैन्दू ती
जुन-बादलकी
बरवर विन्दु ती ॥
२]
“सारा घर मेरो
सारा देश भाषा ।
तारामण्डल छ
छानो एक खासा ॥”
“हामी सबैमा, यौटै दिलआशा
सबको सुनै सूत
बेटर सब मासा !
एकै जादूमा
बुन्ने ईश्वरले
भन्छन् यै स्वरले-
आधषा सुन्दरमा
एकै मन्दिरमा
सारा जहान छन् !
प्रेम हो जिन्दगी
हेलाँ चिहान छन् ॥”
र]
म्हेन्दु भन्दछिन्-
बुलबुल वनवाणी ।
“शहर के गर्ला
हाम्रो सरानी ?
भन्छ हामीलाई
थाक्से भटेनी ?
हेला गर्छ रे
गिज्याई भन्छ रे
हाम्रो थाप्लोमा
तातो खरानी ॥”
१४]
भरखर रोएकी
जूनको करी दैं ।
मुसमुस हाँस्दछिन्
स्वर्ग परी कै !
१५]
“हा हा चुच्चाको
बोली छिचरो"
गुम्बु भन्दछन्
-मैलो बिचरो १
"सांग्रा दिललाई
पृथ्वी कुरङ् छन् ।
नीच दिलभित्र
जूटा सुरुङ छन् ।
[१६]
छोटा लाल चुच्चे
संस्कार ठुँग्दछन् ।
माखा मैला ती
घाउमा पुग्दछन् !
Page:Mhendu.pdf/19
Appearance
This page has not been proofread
