Jump to content

Page:Mhendu.pdf/7

From Nepali Proofreaders
Revision as of 22:28, 15 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread
म्हेन्दु
प्रथम

[१]
उषा परी
हिमाल करी ।

[२]
आँखा चड्खी
सुनको पढ्खी ॥

[३]
फर फर गर्दै
हावा हम्की ।
गिरिशिर टेकी
किलमिल गम्की ॥

[४]
हाँस्छे उषा
लाली छर्की ।
कुसुम छ सुन्दर
मोती लुर्की ॥

[५]
धप्के चुली
सुन दै फुली ।
कलकल फल्का
नाला टल्की ॥
सुन सुन किल्की ।
क्या, नगवेली

[६]
सुरपुर मुस्की
बास्ना फुस्की ।
मगमग हावा ।
चल्दछ लस्की ॥

[७]
आधा ब्यूँकी ।
थुँगा फस्की ।
सरसिज फुस्की
मुसमुस मुस्की ॥

[८]
सपना मेरो ।
सुनको फेरो ।
घुम्दै ब्यूँख्यो
नभ वन घेरो ॥

[९]
रुनुकुन्‌ छन्छन्‌
अणु अणु बन्छन्‌ ।