Jump to content

Page:Ek chihan.pdf/97

From Nepali Proofreaders
Revision as of 08:09, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर प...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।

बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने- "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइसक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइदिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !"

भोलिपल्ट उठ्नासाथ शिवनारानले गाई थानामा बुझाइदिए ।