Jump to content

Page:Tarun tapasi.pdf/125

From Nepali Proofreaders
Revision as of 21:21, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''एकोनविंशति विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} कवितुल्य बनी गरे खुला ::तपसीले जुन काव्यको कला। मनले सब त्यो गमें पनि ::फिर बोले मुसुकाउँदै मुनि।। {{pcn|२}} अघी देख्नासाथै मकन, सहसा भक्तिरस...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
एकोनविंशति विश्राम


कवितुल्य बनी गरे खुला
तपसीले जुन काव्यको कला।
मनले सब त्यो गमें पनि
फिर बोले मुसुकाउँदै मुनि।।


अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
सबै छाती खोली कविवर बतायें तिमिसित।।


रहेंछू कस्तो वा कुन किसिमको यो म तपसी
सहेंछु, भोगेंछु कति कति कुरा आसन कसी।
बुझे हौला मेरो कठिन सब त्यो जीवनगति
भये केही बाँकी बुझन, सुन फेरी अलिकति।।


म मात्रै के? मेरा अगणित सबै बान्धव जति
तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती।
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी।।


भयेथ्यो यो पैले जुन बखत भूगोलरचना
बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना।
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
बिपत्ता भो जस्को लयजलधिमा जीवन बगी।।