This page has not been proofread
२४
बिहानैको चीसो पवन बहनाले सिरिसिरी
खुल्यो आँखा, देखें सबतिर उज्यालो मिरिमिरी।
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
रहेंछू त्यै कापी, कलमहरुकै साथ म पनि।।
२५
उदेकायें, फेरी उपरतिर हेरें टुलुटुलु
अहो हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु।
बिलायो त्यो कालो सकल अघिको संशयनिशा
रँगायेको देखें तप र तपसीले दश दिशा।।
२६
विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य,
उस तरुवरको त्यो फेदको वास धन्य।
अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य
सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य।।