Jump to content

Page:Tarun tapasi.pdf/101

From Nepali Proofreaders
Revision as of 21:12, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} सफा चिल्लो काठी घनपटल, घोडा पवन भो ::लगामैको शोभा चपल बिजुलीमा उदित भो। चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा ::लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा।। {{pcn|...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


सफा चिल्लो काठी घनपटल, घोडा पवन भो
लगामैको शोभा चपल बिजुलीमा उदित भो।
चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा
लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा।।

१०
कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी
बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी।
जहाँ पर्नासाथै रविकिरणमाला सुनहरी
हजारौं निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी।।

११
सुगन्धी कस्तूरीप्रभृति चिजको लेप उरमा
धरी भर्दै मीठो महक उसका यक्षपुरमा।
कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति
थियो जस्को लीलामय लचकिलो मञ्जुल गति।।

१२
कतै नामी विद्याधरयुवक विद्या सब शिकी
रसीलो सङ्गीतस्वरमधुरिमा लाखन झिकी।
अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु
सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु।।

१३
कतै नानारङ्गी कुसुमित लताकुञ्जहरुमा
बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा।
अहो जस्ले गर्दा मधुर मुहुनीको वरिपरि
मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल गरी।।

१४
चढी धागो जस्ता अमृतमय शीता शुकरमा
सुरेलीको साथै ललित झुलनाको रहरमा।
कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह
छचल्किन्थ्यो जस्ले प्रणयसुखको शीतल दह।।