१५
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी।
डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा
थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा।।
१६
कतै विद्युल्लेखाललित छरिता उन्मद परी
बिखेर्दै चौतर्फी महकमय माधुर्यलहरी।
हवामा पौडन्थे जुन पवनको स्पर्शसुखमा
तपस्वीको पुग्थ्यो जपतप सबै मृत्युमुखमा।।
१७
विमानश्रेणीमा भ्रमणपटु वैमानिकहरू
कतै उड्थे लम्बा सफरसुख भोगी हुरुरुरु।
अहा जस्को छाया ध्वनिमधुरिमाले छक परी
तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी।।
१८
कतै शोभा छर्दै कठिन तपको सिद्धरमणी
लटामा लर्काई सुरकुसुम वा शङ्करमणि।
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
चढी ज्यादा तेजी हृदयकृत सङ्कल्परथमा।।
१९
कतै उस्तैउस्ता कुसुमभरले मत्थरगति
वसन्तश्री जस्ता मगनमदिरामस्त युवति।
हठी सिद्धिप्रेमी कठिन तपमा मस्त जनको
तपस्यामा गर्थे नयनशरले घात ननिको।।
२०
कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
उनी वन्यश्रीले खचित वनदेवीमय बनी।
मजा मानी गर्थे उपवनविषे किन्नरसुता
लुकामारी साथै हरकिसिमको रङ्गरमिता।।
Page:Tarun tapasi.pdf/102
Appearance
This page has not been proofread
