Jump to content

Page:Tarun tapasi.pdf/104

From Nepali Proofreaders
Revision as of 21:12, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी ::ध्वजामा नाचेको चपल बिजुलीको सनसनी। अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला ::नगीचै देखिन्थे शशधर जहाँबाट धमिला।। {{pcn|२८}} क...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२७
झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी
ध्वजामा नाचेको चपल बिजुलीको सनसनी।
अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला
नगीचै देखिन्थे शशधर जहाँबाट धमिला।।

२८
कतै छन् स्वर्गङ्गाजलरचित छाँगा र छहरा
कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा।
कतै अग्ला ज्योतिर्मय मणिशिलाशैल हँसिला
कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला।।

२९
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको।
जमायेको जस्तो उस नगरको अद्भुत छवि
कलम्द्वारा सारा लिन कसरि शक्ला कुन कवि?।।

३०
जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा
जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा।
जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण
वहाँको को जान्ने अतुल सुखको त्यो विवरण?।।

३१
बगेकी चौतर्फी कलकल सदा शान्तिसरिता
हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता।
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
फुकेको फक्रेको सुरभि फुल झैं कल्पतरुको।।

३२
दया, मैत्री, श्रद्धा, प्रणयरसले शीतल सब
सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव।
सबै मर्यादा वा विधिनियमको पालन गरी
रमायेका दैवी विषयसुखमा निर्जर सरी।।