This page has not been proofread
३०
न ता देखें पर्दा दिवसरजनीको नगिचमा
न ता सन्ध्या, तारा, ग्रह न त धरा सिन्धुबिचमा।
न भास्यो आकाशै, न फिर अवकाशै अलिकति
अहा कस्तो कस्तो अति अगम त्यो व्यापक चिति।।
३१
म त्यो वेला फेरी गुरुचरण सम्झीकन झुकें
झुकें माने सृष्टिस्थितिनियम भन्दा पर लुकें।
कसो भो? के के भो? फगत म थियें गद्गद अति
अहो मैले मेरै उस बखतको सम्झिनँ गति।।
३२
खुशिसँग सब यस्तो शान्तिपीयूषवृष्टि
श्रुतियुगबिच गर्दै टप्प चिम्लेर दृष्टि।
मुनिवर चुप लागे पूर्ण आनन्दसाथ
भुलन शकिनँ मैले भाग्यको त्यो प्रभात।।