This page has not been proofread
अष्टादश विश्राम
१
हँसिलो मुनिका मुहारको
फिर त्यो सुन्दर सूक्ितहारको।
छविमा मन रङ्गियो अति
पर भाग्यो अरु सम्झने गति।।
२
ममात्रै हाँसें वा अरु पनि कुनै हास्यरसमा
डुबेका छन्? भन्ने सरल हँसिलो तर्कवशमा।
परी हेरें फेरी सबतिर हँसीलो मुख गरी
सबै हाँसे हाँसोमय भुवन भास्यो हरि हरि।।