Jump to content

Page:Tarun tapasi.pdf/89

From Nepali Proofreaders
Revision as of 20:54, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी ::झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी? कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो ::तँ लोभीले गर्दा हल न चल मेरो गति भयो।। {{pcn...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१२
कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी
झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी?
कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो
तँ लोभीले गर्दा हल न चल मेरो गति भयो।।

१३
कसैको टोपीको मलमलिन घेरो छ शिरमा
ठुटे, चिल्थो भोटो फगत पसिनापूर्ण हरमा।
कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी
निचोर्दै छू तेरो समझ अथवा ज्ञानगठरी।।

१४
कुनै कालो तृष्णाजलधिबिच घाँटीतक डुबी
लिऊँ यै चोलामा धनधवल कौवेर पदवी।
भनी कौडी कौडीउपर मुटुका रक्तकणिका
झुकायेका देखे दिवसविधु जस्तै अति फिका।।

१५
अनौ वा कोदालो परशुहरु पक्री जुनिभरी
उठेका ठेलाले कठिन बिचरा पत्थर सरी।
कसैका हत्केला मधुर मुहुनीदार मुहर
छुनासाथै भुल्थे सकल जुनिका कष्ट कहर।।

१६
नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जति
कसैका हत्केला कमलदल झैं कोमल अति।
बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनी
उनै भारीबोका गरिबकन ज्याला दिन पनि।।

१७
कडा अड्बेखड्बे बगर, कँटिलो जङ्गलतटी
उकालो, ओह्रालो हिँडिकन फुटेका पटपटी।
कसैका पैताला समझ नभयेको पशु जुनी
भलो भन्थे, गर्थे कठिन खुरको खूब सह्रनी।।