This page has not been proofread
३०
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
उती उस्को देखें वजन अथवा मान गह्रुका।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
उती उस्को देखें वजन हलुका मर्त्यकुलमा।।
३१
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति।
कठै त्यस्तो बढ्दो विकट सुरसाको वश परी
सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि हरि।।
३२
क्रमसित उस चौकीमध्य विश्रान्तिकारी
थरि थरि बटुवाको चित्र थोरै उतारी।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
अचल अति उज्यालो चित्र जस्तै दुरुस्त।।