Jump to content

Page:Tarun tapasi.pdf/98

From Nepali Proofreaders
Revision as of 20:54, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता ::सबै हेर्दाहेर्दै चटकमय त्यो धर्मपटुता। बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो ::नगीचैमा आई गहनगति विज्ञान उभियो।। {{pc...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२७
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
सबै हेर्दाहेर्दै चटकमय त्यो धर्मपटुता।
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
नगीचैमा आई गहनगति विज्ञान उभियो।।

२८
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
जुट्यो उस्तै आई चटकमय विज्ञान नकली।
दुवै लागे ठाडै भिडिन सबको शान्तिविधिमा
म डूबें त्यो देखी अति गहन चिन्ताजलधिमा।।

२९
कहिकन सब त्यस्तो अन्धविश्वासशाली
अबुझ मनुजको त्यो भावनाको प्रणाली।
मन सब तपसीले श्वासका साथ बाँधी
अलि छिन लिन लागे शान्तिशाली समाधि।।