Jump to content

Page:Tarun tapasi.pdf/99

From Nepali Proofreaders
Revision as of 20:54, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''पञ्चदश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} पिउँदा पिउँदै प्रतिक्षण ::मुनिको वाक्यसुधा विलक्षण। कविको मन त्यो पुग्यो वहाँ ::गहिरो नीरवता थियो जहाँ।। {{pcn|२}} अहो सुन्दासुन्दै अबुझ दुनिया...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
पञ्चदश विश्राम


पिउँदा पिउँदै प्रतिक्षण
मुनिको वाक्यसुधा विलक्षण।
कविको मन त्यो पुग्यो वहाँ
गहिरो नीरवता थियो जहाँ।।


अहो सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी
अकस्मात् टोल्हायौ कविवर बिचैमा किन तिमी?
तिमी सुन्दै जाऊ विविध घटनाचक्र सब त्यो
जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो।।


थियो त्यो मौकामा उभय जुगको सन्धिसमय
सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय।
न जाने के होला भनि सब थिये शङ्कित अति
सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति।।


दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियो
विजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो।
थिये मैले हेर्दा तिनि उभय निस्सार नकली
विजेताले पायो तर पनि ठुलो नाम सकली।।


कठै त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो
कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो।
घुम्यो मेरो माथा, गम अगमतामा बदलियो
बग्यो आँशू, आँखा किन किन बिझायो, धमिलियो।।