Jump to content

Page:Tarun tapasi.pdf/100

From Nepali Proofreaders
Revision as of 20:54, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} कडा बेचैनीले सकल मुटुको चाल जकड्यो ::उही आकाशैको पथ नयनले टप्प पकड्यो। निमेषैमा मानू कठिन पिँजराबाट सहसा ::चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा।। {{pcn|७}} उ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


कडा बेचैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो।
निमेषैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा।।


उता हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रमविधि।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिंदै।।


पलाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हरकिसिमको कौतुक गरी।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो
हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो।।