Jump to content

Page:Tarun tapasi.pdf/75

From Nepali Proofreaders
Revision as of 20:40, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} लुछेको, लाछेको शिर, सकल काया थिलथिलो ::थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो। उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा ::पर्यो कालो रेखा अलिकति उदासीन मनम...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो।
उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा
पर्यो कालो रेखा अलिकति उदासीन मनमा।।


स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
तपस्वीचोलाको विधिनियम हो शान्त रहने।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहें
बुझी दैवी लीला सब, बिलखमन्नै परिरहें।।


कठै भोलीपल्टै झटपट उनै मानिस सब
भरी डोकाडालाउपर सब त्यै भोज्यविभव।
त्यहीं आये, थुप्रा क्रमसित लगाये वरिपरि
बसे बाटी हेरी फगत रखवारीकन गरी।।


स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी।
गला फारी फारी सब कहन थाले 'किन, किन'
कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ।।

१०
मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु।
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
विना पैसा दिन्नौं मुफत किन गर्छौ करकर?।।

११
सफा सेताराता कमरबिच ताता गरि गरी
दबायेका चक्की जतनसित झिक्तै अघि सरी।
दिनेले त्यो पाये, दिनलिन नशक्ने जनहरू
चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु।।