This page has not been proofread
सप्तम विश्राम
१
मुनिका उस सूक्तिसिन्धुको
रस प्यूँदा हरएक बिन्दुको।
मनले गहिरो मनुष्यता
पहिचान्यो, तर त्यो कता कता।।
२
हुँदोहोला तोलाभर फगत फुर्के जुन चरी
उही मारी, पापी कठिन करको लर्कन गरी।
चल्यो व्याधा, साथै पवन पनि तातो हररर,
बह्यो मानू सारा प्रकृतिपथमा भित्र जहर।।