१
करुणामय त्यो कथा सुनी
मुनि झैं खिन्न भयेर ती पनि।
चुपचाप थियें नगीचमा
फिर निस्क्यो मुनिवाक्य बीचमा।।
२
शिकारीको झम्टा तनबिच परेथ्यो जब अनि
चरी बोल्यो चीं चीं गरिकन कठै व्याकुल बनी।
म मर्ने वेला भो तर मनुज तिम्रो मनुजता
कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता।।
३
कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी
कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी।
दया माया छोडी मनुज कुन तृष्णावश परी
मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी?।।
४
न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज। तिमिले जीवन किन?।।
५
सिधासादा, निर्धा उपर पिरबाधा जति जति
ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति।
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
उनै उल्टो भोग्छन्, विधिनियम यो जान अटल।।
Page:Tarun tapasi.pdf/43
Appearance
This page has not been proofread
षष्ठ विश्राम
