This page has not been proofread
१२
सहू सर्दी, गर्मी बहुत बलियो आसन कस,
रहू चौकीभित्रै, कठिन तपको भोग सकस।
भनी मानू मेरो स्थितिनियमको बन्धन गरी
विधाताले बार्यो अति कठिन बारै वरिपरि।।
१३
जमायें लाचारीसित जमिनमा आसन कडा
बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा।
जती जस्तो आओस् नियतिवश शीताऽऽतप हुरी
भयें त्यो हेलैले सब सहन शक्ने ननिहुरी।।
१४
बिपत्ता चौकीमा हलनचल पाऊ तल तल
निदाये, तन्काये तनतन निदैमा रसबल।
धरित्रीको भित्री अमृतगुण सर्वत्र फिंजियो
अवस्थाले मेरो अझ मधुरिमाको पथ लियो।।